प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

उडिरहेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि...

२०७९ श्रावण १३, शुक्रबार १५:५६ बजे

गण्डकी – पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।