प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बसको ठक्करबाट राईको मृत्यु

२०८० कार्तिक ३०, बिहीबार ०८:३८ बजे


हेटौंडा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, कडरिया चोकमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । हरिपूर्वाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको हो ।

बुधवार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

मृतकको शव सोही अस्पतालमा छ । दुर्घटनामा संलग्न बस प्रहरीको नियन्त्रणमा छ । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।