काठमाडौं – इलामको रोङ गाउँपालिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको ना६ख ८४२४ नम्बरको बस दुर्घटना बस दुर्घटनामा परेको हो ।
धनुषाको जनकपुरबाट ३७ जना विद्यार्थी बोकेर बस इलामको कन्याम पुगेको थियो । आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ मा बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निधन भएकाको परिचय खुलाइएको छैन । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ ।