प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

२०८० मंसिर १७, आईतबार १४:४८ बजे

हेटौंडा – जंगलमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुकको गोली लागेर दोलखामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा तामाकोशी गाउँपालिका वडा नं.२ झुले बस्ने २० बर्षीय सन्जीब सार्की रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार ७ जनाको समुह झुलेबाट करिब ३ किलोमिटर दक्षिणतर्फ डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएका थिए । सार्कीले चलाएको भरुवा बन्दुकबाट काठको बट भाँच्चिएर अटोमेटिक फाएर भई उनकै देब्रे छातीमा छर्राले लागेर घाइते भएका थिए ।

उनको तत्काल उपचारका लागि तामाकोशी अस्पताल दोलखाको थियो । त्यहाँ उपचार सम्भव नभएपछि पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट दोलखामा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनीसंगै सिकार खेल्न गएका ६ जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले नियन्त्रणमा लिएको जनाएको छ ।