हेटौंडा – घरायसी विवादको क्रममा बागलुङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीले आइतबार बिहान आफ्नै श्रीमती ५० वर्षीया सितली शाहीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हरिले घरायसी विवादको क्रममा कुटपिट गर्दा सिलती गम्भीर घाइते भएकी थिइन् । ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ पठाएकोमा मृत्यु भएको हो ।
हत्या आरोपमा हरिलाई प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।