प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मार्बलले च्यापिएर एक युवकको मृत्यु

२०७९ फाल्गुन ७, आईतबार ०८:३६ बजे

हेटौंडा – चितवन भरतपुर महानगरपालिका–९ पारस बसपार्कमा मार्बलले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

ट्रकबाट मार्बल अनलोड गर्ने क्रममा च्यापिएर बारा विश्रामपुर गाउँपालिका–२ बस्ने २० वर्षीय सोनु अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्सारी मार्बल अनलोड गर्ने क्रममा मार्बलले च्यापिएर गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएके छ ।