राक्सिराङ्ग । राक्सिराङ्ग गाउँपालिकाले अत्यधिक भार बहन गर्ने हेभी सवारी साधनमाथि प्याड्चे–चैनपुर सडकखण्डमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार सो सडकखण्डको औप खोल्ची पूरा क्षेत्रमा पहिरोले सडकलाई कमजोर बनाएको छ भने अन्य भागहरू पनि साँघुरा र संरचनागत दृष्टिले जोखिमयुक्त रहेका छन्।
पछिल्ला केही दिनयता पशु, दुङ्गा लगायतका सामग्री बोकेका हेभी ट्रिपरहरूको अत्यधिक आवागमनका कारण सडक थप क्षति हुने, पहिरो जान सक्ने तथा जनधनको समेत जोखिम बढेको जनाइएको छ।
सूचनामा भनिएको छ, “सडक सुरक्षा, पूर्वाधारको संरक्षण, जनधनको सुरक्षा तथा प्राकृतिक स्रोतहरूको जगेर्ना गर्ने उद्देश्यले सो सडक खण्डमा हेभी सवारी साधनको ओसार–पसार पूर्ण रुपमा निषेध गरिएको छ।”
गाउँपालिकाले सबै सरोकारवाला निकाय तथा स्थानीयवासीलाई सूचनाको पालनामा सहयोग गर्न आग्रह गर्दै, उल्लंघन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।