प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गाडीको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

२०८० जेठ ३०, मंगलबार ०५:३५ बजे

हेटौंडा – आईचर गाडीको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४, बराम्चे बस्ने ८ वर्षीय सनिस तामाङ रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची हेलम्बु सडकखण्डमा बा ४ ख ८७ नम्बरको निलो आईचर गाडी ब्याक गर्ने क्रममा तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते तामाङको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी प्रहरीको नियन्त्रणमा र गाडी चालक फरार रहेकोमा खोजतलास कार्य भईरहेको बताईएको छ ।