प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बामफोक प्रहार गरी आफ्नै श्रीमतीको हत्या, तामाङ पक्राउ

२०८० श्रावण २५, बिहीबार १४:०४ बजे

हेटौंडा – आफ्नै श्रीमती ४५ वर्षीया डम्बर कुमारी तामाङको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्ण बहादुर तामाङ रहेका छन् ।

पूर्ण बहादुरले घरेलु हतियार बामफोक प्रहार गरी डम्बर कुमारीको हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका थिए । पूर्ण बहादुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले बुधबार दिउँसो सूर्योदय नगरपालिका–२ लालिखर्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।