हेटौंडा – प्रहरीले यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधाराबाट २५ जनालाई पक्राउ गरेको छ । पौष २० र २१ गते काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं.५ स्थितमा रहेको यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट २५ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुले गर्न नसक्ने कामलाई सरल रुपमा बनाई दिन्छौ, गरिदिन्छौ भन्ने जस्ता भ्रमात्मक कुराहरुमा जवरजस्ती सेवाग्राहीहरुलाई तानी सरकारी काम कारवाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएर अभद्र व्यवहार गरी अनुचित लाभ समेत लिने गरेको प्रहरीले जनाएको छ ।
उक्त घटनाका सम्बन्धमा प्रकरणमा पक्राउमा परेका २५ जना उपर मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को "अभद्र व्यवहार गर्न नहुने" कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौबाट दिन-१० को म्याद थप अनुमति प्राप्त भP/ अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट पक्राउ परेका व्यक्तिहरु:
१) जिल्ला रौतहट विजयापुर नगरपालिका वडा नं. ११ घर भएको बर्ष २१ को आनन्द चौधरी ।
२) का.जि.चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर भएको बर्ष २० को निशान रिजाल ।
३) जिल्ला सुनसरी ईटहरी न.पा वडा नं. ९ घर भएको बर्ष २६ को किशोर थापा ।
४) का.जि.चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर भएको बर्ष ३० को नबिन श्रेष्ठ ।
५) जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ६ घर भएको बर्ष २८ को अभिषेक चौधरी ।
६) जिल्ला मकवानपुर है.न.पा. वडा नं. ३ घर भएको बर्ष २४ को सुमेश नेपाली ।
७) का.जि.चन्द्रागिरी नगरपालिका वडा नं. ८ घर भएको बर्ष २५ को रुबिन तामाङ ।
८) जिल्ला कास्की पोखरा उ.म.न.पा. वडा नं. ३ घर भएको बर्ष २८ को श्रृजन थापा ।
९) जिल्ला चितवन खैरैनी न.पा. वडा नं. १ घर भएको बर्ष ३१ को प्रदिप सुनार ।
१०) जिल्ला सर्लाही न.पा. वडा नं. १ घर भएको बर्ष २३ को अनिश हमाल ।
११) जिल्ला सि.पा पाखर गा.पा. वडा नं. १ घर भएको बर्ष २२ को बिबस तामाङ ।
१२) जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. ६ घर भएको बर्ष २५ को आशिष खड्का ।
१३) जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. १ घर भएको बर्ष २१ को आकाश बोगटी ।
१४) का.जि गोकर्णेश्वर न.पा. वडा नं. ८ घर भएको बर्ष २४ को पासाङ शेर्पा ।
१५) जिल्ला कन्चनपुर कृष्णपुर न.पा. वडा नं. १ घर भएको बर्ष २३ को आकाश क्षेत्री ।
१६) जिल्ला अछाम साफेबगर न.पा. वडा नं. ५ घर भएको बर्ष २४ को एकेन्द्र बहादुर बुढा ।
१७) जिल्ला डडेलधुरा गनेपधुरा गा.पा. वडा नं. ३ घर भएको बर्ष २३ को मनोज देउवा ।
१८) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा नं. ४ घर भएको बर्ष २६ को नबिन आले मगर ।
१९) जिल्ला गोरर्खा बिन्दीन गा.पा वडा नं. १ घर भएको बर्ष २८ को बिकाश गुरुङ ।
२०) जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. वडा न ७ घर भएको बर्ष २८ को टसी नङगेल तामाङ ।
२१) जिल्ला दोलखा पौवटी गा.पा. वडा नं. ९ घर भएको बर्ष २० को प्रदिप भन्ने प्रताप सिंह थापा ।
२२) जिल्ला मोरङ सुनसरी न.पा. वडा नं. २ घरभएको बर्ष २२ को अनिष कार्की ।
२३) जिल्ला रुकुम (पुर्व) फुब्याउत्तर गंगा गा.पा.वडा नं.५ १२ घर भएका बर्ष २० को बिनय बुढा मगर ।
२४) जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १२ घर भएको बर्ष १९ को प्रेवेश बुढाथोकी ।
२५) का.जि गोकर्गोश्वर न.पा. वडा नं. ८ घर भएको बर्ष २० को दोर्जे तामाङ ।