प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गुडिरहेको माइक्रो बसमाथि रुख ढल्यो

२०८१ श्रावण २१, सोमबार १९:३५ बजे

काठमाडौँ – धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो ।

प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको र सबै उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

माइक्रो बसमाथि रुख खसेपछि अवरुद्ध भएको सडक भने खुलिसकेको छ ।