प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ट्रक दुर्घटना

२०८१ कार्तिक २८, बुधबार ०८:५५ बजे

हेटौंडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ स्थित ब्रह्मस्थान पेट्रोल पम्प अगाडि पूर्व–पश्चिम सडक खण्डमा ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको छ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ३०२६ नम्बरको ईट्टा लोड भएको ट्रक दुर्घटना हुँदा चालक सर्लाही हरिपुर नगरपालिका–१, पिडारीका २३ वर्षीय अनिल कुमार महरा र सहचालक बिष्णु गाउँपालिका–४, मधुवनका २२ वर्षीय चन्दन कुमार चौधरी घाइते भएका छन्।

चालक महराको टाउको र शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ भने सहचालक चौधरीको टाउको र शरीरका अन्य भागमा पनि चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुर्घटनामा परेका दुवै जनालाई तत्काल उपचारका लागि चुरेहिल अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।