प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चार जना मकवानपुर प्रहरीको फन्दामा

२०८० श्रावण २८, आईतबार १५:५५ बजे

हेटौंडा – मकवानपुरको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत वैशानी विहार किरापुर राजा राम बस्ने २५ वर्षीय रितेश कुमार, २३ वर्षीय नितेश कुमार, मनहरी गाउँपालिका वडा नं. ५ दरदरा बस्ने ३६ बर्षीय राम सिं वाईबा र राक्सिराङ गाउँपालिका घर बताउने अन्दाजी २२ बर्षीया नानु घलान रहेका छन् ।

हेटौडा उपमहानगरपा–१५, रातोमाटे चेकपोष्ट स्थित पूर्वपश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले कुमारद्वयलाई १७ केजी ५ सय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत आइतबार चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बीआर ०१ बीए २०६९ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला परेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै मनहरी गाउँपालिका–५, दरदरास्थित वाईबाको घरमा लागुऔषध रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, नेवारपानी मकवानपुरबाट टोली खटिएको टोलीले नाईट्राजेपाम १५० ट्याब्लेट र गाँजाको १ किलो सहित उनलाई पक्राउ गरेको हो । शनिबार वाईबा सुत्ने कोठामा चेकजाँच गर्दा उक्त लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नाराणघाटबाट बिरगंजतर्फ जादै गरेको ना.८ ख ७३४६ नम्बरको बसमा सवार घलानलाई ५ किलो लागूऔषध गाँजा सहित पक्राउ गरिएको हो । उनको बोकेभित्र लुकाई छिपाई ल्याएको उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।