काठमाडौं – काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । मृत्यु हुनेमा चौंरीदेउराली- ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईं रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
गोमाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईंको घाइते भएका छन् । उनको आँखामा र टाउकोमा लागेको र उनको अवस्था गम्भीर रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर ९स्वास्थ्य केन्द्र०मा उपचार भइरहेको छ ।