प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ

२०८१ जेठ १३, आईतबार १९:२७ बजे

काठमाडौं – भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।