प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा गाडीले मोटरसाइकललाई ठक्कर दियो

२०८० मंसिर ७, बिहीबार १७:०७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागनरपालिका वडा नं.६ न्युरेनीमा बिहीबार दिउँसो गाडीले मोटरसाइकललाई ठक्कर दिंदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक बारा कलैया उपमहानगरपालिका– २५ बस्ने ३१ बर्षीय रबि साह र पछाडि सवार २२ बर्षीय रामेश्वर गिरी रहेका छन् ।

कान्तिलोकपथ सडकखण्डमा हेटौंडा बजारबाट चौघडातर्फ जाँदै गरेको ना ५२ प ८०१० नम्बरको मोटरसाइकललाई बिपरति दिशाबाट आउँदै गरेको बा २ झ ३६६३ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएको उद्धार गरी हेटौंडा अस्पतालमा लगिएको छ ।