काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको हो ।
नेपालको जितमा मनिष डाँगीले निर्णायक गोल गरे । उनले खेलको ५३ औँ मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन् । काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
नेपालले दोस्रो लेगमा जित निकाल्दै विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालले अब समूह एचमा बहराईन, युएई र यमसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।