प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

२०८१ बैशाख ९, आईतबार ०८:०४ बजे

काठमाडौँ – म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज राती हुदै छ ।

एफए कपको फाइनल भने मे २५ मा हुने छ ।