प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको भाउ घट्यो

२०७९ श्रावण २६, बिहीबार ०६:०२ बजे

काठमाडौं – नेपाली बजारमा सुनको मुल्य बुधबारको तुलनामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार विहीबार छापावाला सुनको मुल्य प्रतितोला मुल्य ९६ हजार छ सयमा झरेको छ । बुधबार सुनको मुल्य ९७ हजार एक सय कायम रहेको थियो । त्यसैगरी तेजावी सुनको मुल्य प्रतितोला विहीबार ९६ हजार एक सय तोकिएको छ ।

यो साता छापावाला सुनको मुल्य सबैभन्दा कम ९६ हजार एक सयमा झरेको थियो । त्यसै गरी चाँदीको मुल्य प्रतितोला एक हजार २२५ पुगेको छ । बुधबारको तुलनामा चाँदी पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ ।