प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगोमा जलेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

२०७९ माघ १६, सोमबार ०६:५२ बजे

काठमाडौं – पोखरामा आगोमा जलेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले जानकारी दिए । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा सापकोटा घाइते भएकी थिइन् ।

दुवै जनालाई उद्धार गरी अस्पताल पुर्‍याएकोमा सापकोटाको मृत्यु भएको हो । कृष्णको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।