काठमाडौं – सरकारले हवाई पूर्वाधार निर्माणका लागि १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने लगायतका कार्यक्रमका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । कोभिडबाट प्रभावित होटल व्यवसायलाई इजाजत र नवीकरण दस्तुर छुट दिइने उनको भनाइ छ ।
शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडि बढाउने बताए । साथै गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने पनि योजना अघि सारे ।