प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बसको ठक्करबाट श्रेष्ठको मृत्यु

२०८० फाल्गुन २०, आईतबार २०:५० बजे

काठमाडौं – काठमाडौंमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३ धुम्बराही चोकमा ना.८ ख ७१९५ नम्बरको बसको ठक्करबाट दोलखा गौरीशंकर गाउँपालिका-८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको आइतबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।