तर, हालै चितवनको राप्तीमा भएको दुःखद दुर्घटनाले यो प्रश्न बलियो बनाएको छ । इभी गाडी कत्तिको भरपर्दो र सुरक्षित छ ? असार ५ गते हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको एक इभी गाडी र यात्रुबाहक बसबीच भएको दुर्घटनामा सात जनाको ज्यान गएको थियो भने अठार जना घाइते भएका थिए ।
घटनापछि प्रहरी र उद्धार टोली घटनास्थल पुगे पनि यात्रुहरूको नाम दर्ता नभएको कारण पहिचानमा समय लागेको थियो । यात्रुको विवरण नहुनु गम्भीर त्रुटि, घटनास्थलमा उद्धारमा संलग्न एक सुरक्षाकर्मीले बताए । कसको नाम के हो, कहाँको हो भनेर जानकारी नहुँदा आफन्तलाई खबर गर्ने गाह्रो भयो । इभी सेवा सञ्चालन गर्ने कम्पनीहरूले छोटो दूरीका यात्रु भएको भन्दै टिकटमा नाम नलिनु सामान्य बनाएका छन्, जुन यात्रु सुरक्षाको दृष्टिले गम्भीर कमजोरी हो ।
घटनापछि उठेको छ इभी गाडीहरूमा सुरक्षाको ग्यारेन्टी के हो ? यात्रुको नाम टिप्ने चलन किन छैन ? उद्धार र पहिचानमा ढिलाइ किन ? प्रविधि छ, तर अनुगमन छैन l सडकमा गुडिरहेका धेरै इभी गाडीहरू स्थानीय ग्यारेज वा साना कम्पनीहरूद्वारा निर्माण गरिएका छन् ।
प्राविधिक मापदण्ड, ब्याट्रीको गुणस्तर, चार्जिङ सिस्टम जस्ता महत्वपूर्ण पक्षमा राज्यको कडा अनुगमन नहुँदा यात्रुहरू असुरक्षित बन्न बाध्य छन्। यात्रुहरू भन्छन्, “गाडी देख्दा नयाँ लाग्छ, तर भित्रको सुरक्षा कत्तिको सुनिश्चित छ भन्ने थाहा हुन्न ।”
त्यस्तै हेटौडा -६ का रेवति घिमिरे भन्छन ,गाडी चढ्दा त ठीकै लाग्छ, तर ब्रेक नलाग्ने भयो भने ? हामीलाई त कुनै जानकारी पनि दिइँदैन । अर्का यात्रु थप्छन, “हामी टिकट लिन्छौं, तर नाम लेख्दैनन् । दुर्घटना भयो भने कसले चिन्छ ? ”
चितवनका दिपक तिमल्सिना भन्छन, “एकपटक त चार्ज सकिएर बीच बाटोमै रोकिएको थियो, निकै डर लाग्यो । चालकहरूलाई इभीको ब्रेक, ब्याट्री, तापक्रम के असर गर्छ भन्ने ज्ञान नै छैन जस्तो लाग्छ । हामी ग्राहक, तर हाम्रो सुरक्षा कुन प्राथमिकतामा राखिएको छ थाहा छैन । उनले बताए ।”
त्यसैगरी एकचोटी काठमाडौं जादा बिच बाटोमा पानी परेको थियो । त्यो बेला गाडीभित्र करेन्ट लागेझैं भयो । बरु पेट्रोलको गाडी चढ्दा भर लाग्थ्यो, पानी परेको बेला गाडीभित्र करेन्ट लागेझैं हुन्छ, बालबालिकासँग यात्रा गर्न डर लाग्छ। हटियाका राम प्रसाद सापकोटाले बताए ।
विशेषज्ञहरू भन्छन्, प्रविधिको दृष्टिले इभी गाडीहरू सामान्य इन्धन गाडीभन्दा केही हिसाबले सुरक्षित र आधुनिक छन् । तर, नेपालजस्तो पहाडी भूगोलमा सवारीको डिजाइन, ब्रेकिङ सिस्टम, ब्याट्री म्यानेजमेन्ट र सडकको अवस्थाको मिलन नहुँदा दुर्घटनाको जोखिम बढिरहेको छ।
सवारी व्यवस्था कार्यालयको कमजोरी नेपालका यातायात कार्यालयहरूले इभी गाडीको दर्ता गर्दा गाडीको बनावट, सुरक्षात्मक पक्ष, आपतकालीन प्रतिक्रिया प्रणाली आदिबारे प्रस्ट मूल्याङ्कन नगर्दा यस्तो समस्या आएको विज्ञहरूको भनाइ छ।
प्राविधिक कमजोरीहरू पनि चिन्ताजनक प्राविधिक विश्लेषक इञ्जिनियर समीर दाहाल भन्छन्, इभी गाडीमा प्रयोग गरिने ब्याट्रीको गुणस्तर, ब्रेकिङ सिस्टम, चिसो-तातोमा काम गर्ने क्षमता लगायत पक्षहरू नेपालका भौगोलिक र मौसमीय अवस्थासँग सधैं मेल खाँदैनन् ।
धेरै गाडीहरू (कमर्शियल असेंबली) भएका छन् जुन लामो दूरी वा भीरपाखाको यात्रा सुरक्षित छैन । धेरै इभी गाडीमा चालकहरूलाई विद्युतीय सवारीसाधनसम्बन्धी विशेष तालिम दिइएको हुँदैन । गाडी बिग्रिएमा मर्मतका लागि दक्ष मिस्त्री नपाइने, स्पेयर पार्ट्स अभाव, चार्जिङ स्टेशनको न्यूनतम लगायत समस्याहरू पनि देखिएका छन् ।
हेटौँडाका एक इभी चालक विजय लामा भन्छन्ः “सस्तो भनेर गाडी किन्ने त हो, तर समस्या त दैनिक हुन्छ । चार्ज सही ढंगले नहुनु, कहिलेकाहीँ ब्रेक फेल हुने, अनि पानी पर्दा झड्का लाग्ने समस्या आमजस्तै भएको छ। यात्रु त हामीमाथि भर परेर चढ्छन्, तर प्रविधिबारे न चालकलाई पर्याप्त ज्ञान हुन्छ, न त कम्पनीले तालिम दिन्छ । यत्तिकै चलाइरहेका छौं।”
यस्तै अर्का चाालक भन्छन,बेलुका चार्ज गर्न चाहि समस्या हुन्छ, ७५ प्रतिशत चार्ज गर्न धेरै समय लाग्छ । लाइन त्यस्तै हुन्छ यात्रुलाइ कुराउन पर्दा झयाउ हुन्छ । बजारमा मापदण्डविहीन विभिन्न कम्पनीहरू प्रतिस्पर्धाका नाममा कम गुणस्तरका इभी गाडीहरू बिक्री गरिरहेका छन्। यस्ता गाडीहरूमा आवश्यक सुरक्षा परीक्षण वा सरकारी प्रमाणीकरण पूर्ण रूपमा नहुनु यात्रु सुरक्षाको दृष्टिले खतरा भएको भन्दै विज्ञहरूले तत्काल कडाइको आवश्यकता औंल्याएका छन् ।
सरकारको भूमिका कता ? यातायात व्यवस्था विभाग, सवारी कार्यालय र नापतौल विभागले इभी गाडीको गुणस्तर, सुरक्षात्मक उपकरण, आपतकालीन सुविधा (जस्तै-फायर सेफ्टी, इमरजेन्सी ब्रेक, जीपीएस ट्याकिङ आदि) अनिवार्य गर्ने व्यवस्था अझै छैन । हेटौडामा मात्र इभीको ५/७ वटा सोरुम छ l भने इभी काउन्टर मात्र लगभग १० वटा छन ।
जसमा यात्रु भरपर्दो र समयको बचत हुने भन्दै इभी रोज्छन । तर इभी काउन्टरमा टिकट दिदा नाम समेत लेख्ने चलन छैन । यस्तै दुर्घटनाको मुख्य कारणहरू: चालकको अयोग्यता वा तालिमको कमी सस्तो, गाडीको ब्रेक, फेल ब्याट्री ओभरहीट वा वायरिङ सर्ट हो । पेट्रोल र डिजेलको सट्टा विद्युत प्रयोग हुने हुँदा वायु प्रदूषणमा १०/१५ % गिरावट देखा परेको छ।
त्यसैगरी विद्युतिय गाडी आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामा ७ हजार ९ सय ५८ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनासम्ममा ५० किलोवाटका इभी गाडी २ हजार ७ सय ८३ छ।
९ महिनामा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी ४ हजार ४ सय १४ वटा नेपाल आयात भएको छ । १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी ७ सय ४२ वटा नेपाल भित्रिएको छ भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १७ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा इभी नेपाल भित्रिएको छ ।
यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले चैत महिनासम्म १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ खर्च गरेका छन् भने नेपाल सरकारले सो मार्फत ११ अर्ब ४७ करोड ३९ लाख १३ हजार रुपैयाँ राजस्व उठाएको छ ।
कुन देशबाट कति भयो आयात ?
नेपालमा इभी प्रयोगकर्ता बढेसँगै आयातमा पनि वृद्धि भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल इभी गाडीको आयात सबैभन्दा बढी चीनबाट भइरहेको छ । चालु आवको चैत मसान्तसम्ममा चीनबाट मात्रै ५ हजार ८ सय ९३ वटा इभी नेपाल आयात भएको छ ।
यस्तै, ९ महिनामा भारतबाट २ हजार २३ वटा इभी नेपाल भित्रिएका छन् भने जर्मनीबाट ३१ वटा, दक्षिण कोरिया (कोरिया रिपब्लिक)बाट ३ वटा, संयुक्त राज्य अमेरिका (युएस) बाट ५ वटा इभी नेपाल भित्रिएको तथ्यांकले देखाएको छ ।
कम खर्च र सजिलो फाइनान्सिङले विद्युतिय गाडीको प्रयोगमा वृद्धि भएको हो । अहिलेसम्म देशभर ५ सय वटा चार्जिङ स्टेसन पुगिसकेको नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले बताए । त्यसैगरी हेटौंडा पनि धेरै चार्जिङ स्टेसन निमार्ण भइसकेको छ । निजी इभी गाडी चालकहरुको त घरमा नै चार्जिङ स्टेसन छ ।