प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७९ आश्विन २४, सोमबार ०५:३५ बजे

काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाला सुन तोलामा ८ रुपैयाँले घटेर प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रति तोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।