प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइलकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ फाल्गुन ११, बिहीबार ०४:४४ बजे

हेटौंडा – ललितपुरको ताल्छिखेलमा मोटरसाइलकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जावलाखेल बस्ने दोलखा घर भएका अन्दाजी ५४ वर्षीय दिपक शाह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महालक्ष्मीस्थानबाट सातदोबाटोतर्फ आउँदै गरेको बा ९१ प ९००० नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्री शाहलाई बुधबार साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।

पाटन अस्पतालमा उपचारको क्रममा बेलुकी पौने ९ बजे शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्रगतिका कारण दुर्घटना भएको र ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।