काठमाडौं – धनुषाको गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा हाईस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा हाईसमा सवार तेह्रथुम आठराई गाउँपालिका-२ बस्ने ४९ वर्षीय वासुदेव गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।