प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जलहरीमा राट्रपति र प्रधानमन्त्रीको नाम लेखिनु सामान्य: सचेतक बर्तौला

२०८० असार ११, सोमबार १५:०४ बजे

काठमाडौं – नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले पशुपतिमा राखिएको सुनको जलहरीमा उदघाटन गर्नेको नाम राखिनु सामान्य रहेको बताएका छन् । आज संसद भवन परिसरमा पत्रकारसँग कुराकानीमा भने “सरकारको नेतृत्व गरेका बेला नाम लेखिनु सामान्य कुरा हो । यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी गर्नु हुँदैन । ”

सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर टिप्पणी गर्नु गलत भएको बताए ।अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा तत्कालीन राट्रपति र प्रधानमन्त्रीको नाम उल्लेख हुनु सामान्य विषय भएको उनको भनाइ छ ।

जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने भन्दै उनले भने, “पशुपतिमा सुनको जलहरीको जाँच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको र सरकारले आफ्नो ढङ्गले काम गर्न पाउँछ ।” एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै उनले सत्य तथ्यका आधारमा छानबिन गर्न आग्रह गरे ।