हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्पादन गर्ने दैनिक प्रशासनिक कार्यभार उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।