काटमाडौं – झापाको कमल गाउँपालिका–४ सितापुरमा बोलेरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीको ठक्करबाट कमल गाउँपालिका–५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो ।
गएराती बोलेरेले राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । राईलाई ठक्कर दिएर फरार रहेको सवारी चालकसहित सवारी साधन बुधवार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरी टोलीले चालक सहित सवारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।