प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगलागी हुँदा जलेर एक जनाको मृत्यु

२०८१ बैशाख ७, शुक्रबार ०८:१५ बजे

देउखुरी – दाङको लमही नगरपालिका –९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका –९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटका मृत्यु भएको हो ।

बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको परेका थिए । मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै उनका भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरी दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए ।