प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई बालिका बलात्कृत, तीन जना पक्राउ

२०८० असार २०, बुधबार ०२:२८ बजे

हेटौंडा – बालिका जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट दुई र रोल्पाबाट एक जना पक्राउ परेका छन् ।

कञ्चनपुरबाट दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्री पकाउ परेका छन् भने रोल्पा दाङ तुल्सीपुर उपमहानगरपालिका–१७ बस्ने ४२ वर्षीय बीर बहादुर विक पक्राउ परेका हुन् ।

१६ वर्षीया किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको उपाध्याय र खत्रीमाथि आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

त्यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।