हेटौंडा – माई खोलामा पौडी खेल्न गएका दुई बालकको खोलामा डुबेर ज्यान गएको छ । इलामको माइ नगरपालिका– ८ का विक्रम लिम्बूका छोरा ११ वर्षीय मिङसुहाङ लिम्बू सोही स्थानका राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ९ वर्षीय किस्मन आङदेम्वेको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पानीमा फेला परेका मिङसुहाङलाई उद्धार गरि स्थानीय मेडिकलमा लगिएको थियो । त्यहाँ उपचार संम्भव नभएपछि थप उपचारका लागि विएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सँगै पौडी खेल्न गएका अर्का बालक किस्मनलाई भने खोजी गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा मृत अवस्थामा भेटिएको प्रहरीले डिएसपी प्रकाश जबेगूले बताए ।