काठमाडौं – मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापा रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा थापाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि उनको न्युरो अस्पताल विराटनगर लगिएकोका उपचारका क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।