हेटौंडा – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–८ छैमले घर भएका ३७ वर्षीय पूर्ण बहादुर बलामी रहेका छन् ।
बलामीले ती बालिकालाई वैशाख १० गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।