प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ए डिभिजन लिग: मच्छिन्द्रको दोस्रो र एनआरटीको पहिलो जित

२०७९ चैत्र २६, आईतबार १२:४६ बजे

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आजको खेलमा मच्छिन्द्र र एनआरटी विजयी भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटामाथि २–१ गोलको जित निकालेको हो । ए डिभिजन लिगमा मछिन्द्रको दोस्रो जित हो । मच्छिन्द्रका विमल घर्तिमगर र हाफिज ओलावालेले गोल गरे । सङ्कटाका मनिष डाँगीले एक गोल फर्काए ।

जितसँगै मछिन्द्रले ७ खेलमा ९ अंक जोडेको छ । मछिन्द्र सातौं स्थानमा उक्लिएको छ । संकटाको यो दोस्रो हार हो । संकटा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

आजै एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पालाई २–१ गोलले हरायो । लिगमा एडिभिजनमा एनआरटीले पहिलो जित हो ।

एनआरटीका लागि रोहन खड्की र जेनिश प्रजापतिले गोल गरे । हिमालयन शेर्पाका खमिल गिल्सनले १४ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए पनि जिताउन भने सकेनन् ।

जितसँगै एनआरटीले ७ खेलमा ६ अंक जोडेको छ । हिमालयनले ७ खेलमा ७ अंक जोडेको छ ।