प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

फिफा क्लब विश्वकप रिर्पोटिङका लागि मकवानपुरे पत्रकार बानियाँ छनोट

२०८० पौष १, आईतबार २१:२० बजे

हेटौंडा – मकवानपुरे खेल पत्रकार विक्रम कुमार बानियाँ साउदी अरबमा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता २०२३ को रिर्पोटिङका लागि छनोट भएका छन् ।

गोल नेपाल बागमती प्रदेशको ब्यूरो चिफ बानियाँले नेपालको प्रतिनिधित्व गर्दै फिफा क्लब विश्वकपको सेमिफाइनल र फाइनल खेलको तीन रिर्पोटिङ गर्नेछन् । त्यसको लागि उनी सोमबार विहान साउदी अरबको जेद्घा सहरमा जानेछन् ।

फिफाको निमन्त्रणामा अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको रिर्पोटिङ गर्न पाउने बानियाँ मकवानपुरको पहिलो पत्रकार हुन् । पूर्व एडिभिजन खेलाडी समेत रहेका बानियाँ करिब एक दशकदेखि फुटबल खेलको बारेमा कलम चलाउँदै आईरहेका छन् ।

क्लब विश्वकपको पहिलो सेमिफाइनलमा इजिप्टको क्लब अल अहिली र दक्षिण अमेरिकी च्याम्पियन क्लब फ्लुमिनेन्सबीच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा जापानको उराव रेड्सले इंग्लिस प्रिमियरका म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

अक्टोभर १२ मा सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । प्रतियोगितामा ७ देशका ७ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताबाट ब्राजिलको फ्लुमिनेन्स एफसी, मेक्सिकोको क्लब लियोन, न्यूजिल्याण्डको अकल्याण्ड सिटी, घरेलु टोली साउदी अरेबियाको अल–इतिहात र इजिप्टको अल अहली एससी बाहिरि सकेका छन् ।