हेटौंडा – गएराती टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका ८ मगनी गाँउमा गएराती टेम्पो दुर्घटना खैरहनी–९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइको मृत्यु भएको हो ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ । टुंगराबाट पर्सा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे, अनियन्त्रीत भई पल्टीएको थियो ।