काठमाडौं – वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका लम्सालको गएराति निधन भएको गायक रमेश विजीले जानकारी दिए।
लम्साल लामो समयदेखि स्पेनमा बस्दै आएका थिए । उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्। लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित छन्।