प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

त्रिशूली नदिमा बस खस्यो

२०७९ कार्तिक १९, शनिबार १३:४३ बजे

काठमाडौं – त्रिशूली नदिमा यात्रु वहाक बस खसेको छ । बस नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले जनाएको । बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।