प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बेपत्ता ३ बालबालिका मृत अवस्थामा फेला

२०८० चैत्र १५, बिहीबार ०७:५६ बजे

काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित सुनकोसी नदीबाट बेपत्ता ३ जना बालबालिका मृत अवस्थामा फेला परेका छन् । चैत ११ मा होली खेलेर पौडी खेल्न गएका ९ वर्षीय रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीय लोकबहादुर मगर मृत अवस्थामा भेटिएका हुन् ।

मङ्गलवार धाप्लाङ घाटभन्दा करिब २ किलोमिटर तल रिदम मगरको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । उनका अनुसार बुधवार सिम्लेमा रेखा मगर र घटनास्थलभन्दा ८ किलोमिटर तल कम्पुघाटमा लोकबहादुर मगरको शव भेटिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।