प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

दुई वर्षीया बालिकाको दुई तला माथि छतबाट खसेर ज्यान गयो

२०७९ कार्तिक ९, बुधबार १२:४९ बजे

काठमाडौं – धनुषामा दुई वर्षीया बालिकाको दुई तला माथि छतबाट खसेर मृत्यु भएको छ। शहिदनगर नगरपालिका–५ पचहर्वा बस्ने सत्रुधन कापडकी छोरी २ वर्षीया सान्वी कुमारी कापडको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कापडको मंगलबार दिउँसो आफ्नै घरको दुई तल्लामाथि छतमा खेल्ने क्रममा लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्वीर