हेटौंडा – सप्तरीमा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने ईनरदेव चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खाना खाएर आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेकी थिइन् । तत्काल उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ईनरदेवलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।