हेटौंडा – ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी जलेश्वर नगरपालिका–१२ थरूवाही गाउँ बस्ने ३० वर्षीयरवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय रूपैयाँ र १ हजार नेपाली रूपैया लिएको आरोपमा पक्राउ गरेको हो । उनिहरलाई प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीले २ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।