हेटौंडा – बागमती प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा बृक्षारोपण तथा फलफुलल वितरण गरिएको छ । बागमती प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष क्यासोपिया राणा कार्कीले कपुरको बिरुवा रोपि बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेकी हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा भएको बृक्षारोपण कार्यक्रममा बिभिन्न प्रजातिका ३० वटा बिरुवाहरु रोपिएको छ । यसैगरी हेटौँडा उपमहानगरपालिका २ मा रहेको ॐ बृद्धाश्रममा रहेका बृद्ध–बृद्धाहरुलाई फलफुल वितरण समेत गरिएको छ । बृक्षारोपण तथा फलफुल वितरण कार्यक्रममा बागमती प्रदेश श्रीमती संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।