प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

जबरजस्ती करणी अभियोगमा शर्मा पक्राउ

२०७९ जेठ २३, सोमबार ०९:५२ बजे

हेटौंडा – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।