पाल्पा – पाल्पामा दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रामपुरका एक जना र पूर्वखोलाका एक जना गरी दुई जना पुरुषको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाको रामपुर –५, भम्बक बस्ने ६८ वर्षका प्रेमलाल डोटेलको लडेर उपचारको क्रममा मृत्यु भएको छ । डोटेलले मादक पदार्थ सेवन गरी घरमै लड्दा गम्भीर घाइते रहेका थिए । उनको रामपुर अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
यस्तै, जिल्लाको पूर्वखोला –५, वीरकोट बस्ने ७४ वर्षका हरिराम पुनको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ ३ गते घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका पुनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत रहेका थिए ।