हेटौंडा – काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोकमा माछापुच्छ्रे बैंक लिमिटेडको एटिएम फुटाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका–१ घर भई काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेका छन् ।
आइतबार बिहान २:४४ बजे एटिएम तोडफोड गरिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। उनीबाट प्रहरीले एउटा फलामको रड सहित पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।