प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अन्नप्राशनबाट ल्याएको भोज खाँदा एक युवकको मृत्यु

२०८० श्रावण ३१, बुधबार ०३:३४ बजे

हेटौंडा – अन्नप्राशन(भातखुवाई) बाट ल्याएको मासु, चिउरा र अचार खाँदा धादिङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनिघाटरोराङ गाउँपालिका–६ स्यादुलका १८ बर्षीय राजेश आले मगरको रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार सोमबार साँझ स्थानीय खड्क नारायण श्रेष्ठको नातीको भातखुवाईबाट ल्याएको मासु, चिउरा र अचार राजेश सहित ५ जनाले खाएका थिए । खाएपछि एक्कसी पेट पल्यो, दुख्यो भन्दै उनले छाद्ने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भातखुवाईबाट मासु, चिउरा र अचार राजेशकी आमा स्वस्तानी आले मगरले ल्याएकी थिइन् । खाएका अन्य ४ जनालाई केही नभएको प्रहरीले जनाएको छ ।