प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

२०८१ मंसिर १, शनिबार १८:४१ बजे

काठमाडौं – अफगानिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको पहिलो रोजाईँ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक नविन न्यौपानेले यसअघि ताजिकिस्तान विरुद्ध खेलेको टिमबाट पहिलो रोजाईँमा पाँच परिवर्तन गरेका छन् ।

डिफेण्डर विमल पाण्डेको स्थानमा आज अभिषेक लिम्बु खेल्दैछन् भने मिडफिल्डरमा चार खेलाडी नै परिवर्तन गरिएको छ । रोहन कार्की, एरिक विष्ट, भरत खवास र सुमित श्रेष्ठको स्थानमा आज मनिष डाँगी, आयुष घलान, उत्सव राई र मणि लामा पहिलो रोजाईँमा खेल्दैछन् । यस्तै अन्जन विष्ट र जिलेस्पी जंग कार्की फरवार्डमा खेल्नेछन् । खेल डुसानवेस्थित सेन्ट्रल रिपव्लिकन स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।