प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

यातायात व्यवस्था कार्यालयबाट सेवाग्राहीलाई अवरोध गर्ने १० जना पक्राउ

२०७९ बैशाख २२, बिहीबार ०५:१५ बजे

हेटौंडा – यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने ३४ वर्षीय सुजन बुढाथोकी, ललितपुर बस्ने दोलखा, दोलखा गाउँपालिका–७ घर भएका ३४ वर्षीय विवेक थापा, ललितपुर बस्ने धनुषा वटेश्वर घर भएका ३५ वर्षीया दुनिया बहादुर राउत, ललितपुर इमाडोल बस्ने काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २२ वर्षीय विशाल तामाङ, ललितपुर महानगरपालिका–१४ बाडेगाउ घर भएका ३९ वर्षीय सुनिल बज्रचार्य, ललितपुर महानगरपालिका–१० पाटनढोका घर भएका ३६ वर्षीय महेश सुवेदी, ललितपुर भैसेपाटी बस्ने रामेछाप लखनपुर घर भएका २६ वर्षीय शिव दर्जी, एकान्तकुना बस्ने ललितपुर गोदावारी नगरपालिका–१३ घर भएका २६ वर्षीय राजेश सुनुवार, ललितपुर कुसुन्ती बस्ने बारा निजगढ नगरपालिका घर भएका २४ वर्षीय रोशन घिमिरे र ललितपुर बस्ने काभ्रे शिखर अंबोटे घर भएका ३३ वर्षीय कमल लामा रहेका छन् ।

प्रहरीका अनुसार उनिहरुले विगत लामो समयदेखि कार्यालय परिसरमा सेवाग्राहीहरुलाई र कार्यालयको काममा वाधा अवरोध पुर्‍याउने, सेवा लिन अबरोध गर्ने, अभद्र व्यवहार गर्ने कार्य गरेका थिए । सर्वसाधारणलाई कार्यालयबाट प्राप्त गर्ने सेवाहरु प्राप्त गर्न अवरोध गर्ने तथा अभद्र व्यवहार गर्ने कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।